धरान : धरान -१८ बुद्धचोकमा शुक्रबार दिउँसो एक बालिकाले सलको पासो लगाइ झुन्डिएर आत्महत्या गरेकी छिन् ।

बाबुराम गुरुङको घरको भुँइतलामा कोठा भाँडा लिएर बसेकी  सुनसरी जिल्ला कोशि गाउँपालिका -३ की कबिता मुख्याकी १३ बर्षिय बालिका अल्का मुख्याले आफुसुत्ने कोठाको फलामको बलोमा सलको पासो लगाइ झुन्डिएको अवस्था शव फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपि ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

धरान प्रहरीले घटना स्थलको मुचुल्का उठाइ शवलाई वि .पि कोइराला स्वाथ्य प्रतिष्ठान धरान मर्चरीमा लगिएको र आफन्तले जाहेरी दिएपछि शव पोस्टमार्टम गरिने बताउँदै घटनाको बिषयमा थप अनुसन्धान भैरहेको वस्नेतले जानकारी दिए।