धरान : सुनसरीमा शनिवार थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीको कोसी गाउँपालिकाको क्वारेनटाइनमा बस्ने २ जना महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६४ पुगेको छ । सुनसरीमा ३० जना कोरोना संक्रमित निको भएका छन् । 

सुनसरीमा अहिले पछिल्लो जानकारी अनुसार क्वारेनटाइनमा ४ सय ७२ जना बसेका छन् भने आरडीटी १ हजार ८ सय ९८ जनामा र पिसिआर २ हजार ७ सय ८८ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।