धरान : रुपान्तरण नेपाल सुुनसरीको आयोजनामा र प्रदेश निर्वाचन क्षेत्रको सहयोगमा धरानलाई कार्यक्षेत्रपारी पत्रकारिता गर्दै आएका पत्रकारहरुलाइ तनाव व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण गराइ स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

शनिबार ९ बजे सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रवक्ता  डा.निदेश सापकोटाले उक्त तालिममा तनाव के हो ? कसरी सिर्जना हुन्छ ? लक्षणहरु के के हुन ? तनाव कति प्रकारका हुन्छन ? र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारेमा सहजीकरण गराएका थिए ।drn-talim 1

तनावको पहिलो कारण अनिन्द्रा रहेको बताउँदै तनाव भएमा शारीरिक, मानसिक लक्षण, भावनात्मक लक्षण,र स्वाभाविक लक्षण देखा पर्ने सापकोटाले बताएका थिए । आयोजक संस्थाकी अध्यक्ष सविता राईले  दिनरात  समचारका बिषयमाहरु खट्दा निन्द्रा नपुग्ने हुँदा पत्रकारहरूलाई विभिन्न मानसिक समस्याबाट गुज्रिरहनु परेकाले तनाव व्यवस्थापन सहज रूपमा कसरी गर्न सकिन्छ भनेर अभिमुखीकरण कार्यक्रम राखिएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश -१ का सभामुख प्रदीपकुमार भण्डारीले मन्तब्यमा कोरोनाबाट बच्नका लागि लकडाउनपूर्व मानिसमा कोरोनाप्रतिको जुन डरत्रासले घरमै बस्ने   गर्थे तर उनले त्यो अहिले नरहेको हुँदा  झन सङक्रमण फैलन सक्ने बताउँदै नेपालमा कोरोनाबाट २२ जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बनिसकेका छन् । यो समयमा भौतिक दुरी सँगै पुर्व तयारी महत्वपुर्ण रहेको भण्डारीले बताए ।