धरान : सुनसरीमा शनिवार साँझ थप १ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६५ पुगेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार थपिएका १ जना पनि कोसी क्वारेनटाइनकै हुन् । थपिएका सङ्क्रमित पुरुष रहेका छन् भने उनको पिसिआर परीक्षण प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको हो ।

शनिवार सुनसरीमा २ महिला सहित १ पुरुषमा कोरोना पुष्टि भएको हो । दुई महिलाको पिसिआर परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।