पृथ्वी र सूर्यको बिचमा चन्द्रमा आउँदा र त्यसको छाया पृथ्वीमा पर्दा सूर्य ग्रहण देखिन्छ । यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ । सघन छाया भएको भागमा पूर्ण सूर्य ग्रहण अर्थात् खग्रास देखिन्छ । विरल छाया परेको भागमा आंशिक सूर्य ग्रहण अर्थात् खण्डग्रास देखिन्छ ।

बिहान १०:५० बजे देखि खण्ड ग्रास सूर्य ग्रहण सुरु हुनेछ भने २: २३ मिनेट जाँदा मोक्ष हुनेछ। यस ग्रहणको अवधि ३ घण्टा ३३ मिनेट हुनेछ ।

सूर्य ग्रहणलाई नाङ्गो आँखाले हेर्दा दृष्टिमा क्षति पुग्ने विज्ञहरूले चेतावनी दिएका छन् । ग्रहण लागेको बेलामा अन्य समय भन्दा बढी 380nm देखि 500nm तरङ्ग लम्बाई भएका तरङ्गहरू पृथ्वीमा आउँछन्। यस्ता तरङ्गहरू विना रोक तोक आँखा भित्र प्रवेश गरी जली पर्दा वा रेटिना सम्म पुग्न सफल हुन्छ । रेटिनामा दुखाई महसुस गर्ने स्नायु नहुने भएकाले ग्रहण हेरिरहेका बेलामा दुख्दैन तर त्यस्ता तरङ्गहरूले दृष्टि पर्दाको बिचमा दाग बनाइदिन्छ। जसलाई ग्रहण अन्धोपना ( Solar Retinolathy) भनिन्छ। यसले पूर्णतया अन्धो बनाउने भने होइन तर देख्ने क्षमतामा चाहिँ ह्रास आउँछ ।

ज्योतिष विज्ञानले विभिन्न राशि का आधारमा शुभ र अशुभ फल बताएको छ । यसको मतलब सूर्यलाई हेरे पछि फल पाइन्छ भन्ने हुँदैन। तर ग्रहण लागे पछि ग्रहणको प्रभाव विभिन्न ग्रह,नक्षत्र,राशिमा पनि पर्ने भएकाले ग्रहणले १२ राशि र २७ नक्षत्रहरूलाई शुभ शुभ फल दिने गर्दछ। ग्रहणका विकिरणहरूले आँखालाई हानि पुर्‍याउने हुनाले ग्रहण हेर्दा राम्रो फल पाइन्छ भन्ने भ्रममा परेर ग्रहण हेर्नु हुँदैन ।

ग्रहण लागेको बेलामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्ने भएकाले तिनै वाटा खगोलीय पिण्डहरूको गुरुत्वाकर्षण बल जोडिन्छ । जसलेगर्दा अन्यथा अन्तै जाने हानिकारक किरणहरू उक्त संयोजित बलको प्रभावले पृथ्वी तिर केन्द्रित हुन्छ । यस्ता किरणहरूमा "राडन"(RADON)Rn भन्ने तत्व पाइन्छ।यो तत्व ओसिला चिजहरूमा सजिलै सँग बस्न सक्ने भएकाले ग्रहणले छोएको खानु हुन्न भन्ने पौराणिक कथन वैज्ञानिक आधारमा पुष्टि हुन जान्छ ।