धरान : मकवानपुर पुरानो सदरमुकाम भीमफेदी स्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राम बालक राय शनिबार साँझ १२ हजार घूस  लिदै गर्दा  पक्राउ परेका छन् ।

रायलाई ठेकेदार दुर्गा लामासँग सगरमाथा होटलमा १२ हजार घुस  लिदै  गर्दा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अनुगमन टोलिले रङगेहात पक्राउ गरेको बागमती प्रदेश प्रहरी प्रमुख बसन्तकुमार लामाले जानकारी दिए । अन्यसँग पनि घुस लिएको  पिडितहरुको गुनासो समेत आइरहेकाले रायविरुद्ध कल रेकर्ड बाट  थप  अनुसन्धान भइरहेको लामाले कपुरीलाई जानकारी दिए ।

रायलाई प्रदेश प्रहरी कार्यालयमा नियन्त्रणमा राखि  थप अनुसन्धान भैरहेको र इन्सपेक्टरले बोक्ने कार्यालयको मोबाइल समेत अफ गरिएको छ भने भीमफेदी स्थित इलाका प्रहरी कार्यालयको जिम्मा सइ राजेन्द्र आलेले समालिरहेका छन ।