धरान : सुनसरीमा आइतबार थप एक जना कोरोना सङ्क्रमित पुष्टि भएको छ ।

सुनसरीको बर्जु क्वारेनटाइनमा रहेका १ जना महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो । उनको पिसिआर परीक्षण प्रादेशिक ल्याब विराटनगरमा गरिएको हो । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ ।

सुनसरीमा अहिले सम्म १ हजार ९ सय १७ जनाको आरडीटी र २ हजार ७ सय ८९ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले सम्म सुनसरीमा कुल सङ्क्रमित ६६ जना मध्ये ३० जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् भने अझै १ सय ६१ वटा रिपोर्ट आउन बाँकी रहेको छ । सुनसरीमा विभिन्न क्वारेनटाइनमा आइतबार सम्ममा ४ सय ८० जनालाई राखिएको छ ।