धरान : धरानमा भारत तथा तेस्रो मुलुकबाट आएकाहरूले पैसा तिरेर आफूले चाहेको होटेलमा क्वारेनटाइनको रूपमा बस्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचना अनुसार धरानका ११ वटा होटलहरुलाई सशुल्क क्वारेनटाइन बनाइने भएको हो । भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरू आफ्नै खर्चमा धरानका ११ वटा होटलहरुमा क्वारेनटाइनकोरुपमा बस्न पाउनेछन् ।

जिल्ला प्रशासन कार्यालयले क्वारेनटाइन बनाउन इच्छुक होटलहरुको सुची होटल व्यवसायी समिति धरानसँग माग गरेको थियो । समितिले समन्वय तथा छलफल गरेर होटलहरुको सुची तयार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजङ्घा, होटल इजीराइडर, होटल यती र होटल डोबमा क्वारेनटाइन हुनेछ । यी होटलहरुको दररेट नेपाल सरकार र होटल एसोसिएसन नेपाल हान बिच भएको सहमति अनुसार हुने छ ।

यस्तै, होटल नवयुग, होटल ड्रिमल्याण्ड, होटल सन्ध्या इन, होटल सेक्ष, होटल स्टार पूर्वी, होटल ह्यापील्याण्ड, र होटल याङ्कोपमा पनि क्वारेनटाइन हुनेछ । यी होटलहरुमा दैनिक सेवा शुल्क प्रतिव्यक्ति २ हजार १ सय ५० हुनेछ । ‘एउटा रुममा २ जना बस्नुपर्ने हुन्छ ।

बिहानको ब्रेकफास्ट, बिहानको खाना, दिउँसोको खाजा र बेलुकाको खाना हुन्छ हुन्छ । जसमध्ये एक छाक खानामा ननभेज हुने होटल व्यवसायी समिति धरानका सचिव वासुदेव बरालले बताएका छन् । धरानका ११ वटा होटलहरुमा करिब ३ सय जनालाई रुम सेयर गरेर राख्न सकिने छ । नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार प्याक लन्च कोठा अगाडीको टेबलमा राखि दिने र आफ्नो कोठा आफै सफा गर्नुपर्ने सचिब बरालले बताए । 

होटलको नामबली:

Hetel-Suchi