धरान : गएको २४ घण्टामा विभिन्न जिल्लामा ४ सय २१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने थप १ जनाको मृत्यु भएको छ ।

३५७ जना पुरुष  र ६४ जना महिला गरी ४ सय २१ जना थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९०२६ पुगेको छ ।

गुल्मी जिल्ला छत्रकोट गाँउपालीका ५ का ६९ वर्षिय पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।