धरान : नेपाल परिवार दल सुनसरीले धरान १४ का अति विपन्न परिवारलाई राहत स्वरुप ५०० केजी चामल वितरण गरेको छ । अति विपन्न २० घर परिवारलाई २५ केजी का चामल वितरण गरिएको हो ।

धरान उपमहानगरपालिकाले वडा कार्यालय मार्फत राहत वितरण गर्न छाडे पनि अति विपन्न परिवारलाई विहान बेलुकी छाक टार्न समस्या भएका परिवारलाई मात्र छनौट गरी राहत वितरण गरिएको वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए । नेपाल परवार दलका सदस्य रविन चाम्लिङ्गको संयोजकत्व र सकृयतामा राहत संकलन तथा वितरण गरिएको थियो ।

कोरोना संक्रमणको कहर अझैपनि रहेको र विपन्न परिवारको अवस्था दर्दनाक बन्दै गएको हुनाले राहत वितरण गर्नु पर्ने भएकाले पार्टीका केन्द्रिय सदस्य राम बहादुर लिम्बुले बताए । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष पुस्कर थापा, जिल्ला सचिव लक्ष्मण कार्की लगायतको उपस्थिति रहेको थियो ।