धरान : आइतबार ७ गते  जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कमल गाउँपालिका बस्ने २० बर्षिय  दिपेश थापा, २१ बर्षिय सेराज अली र २३ बर्षिय  अनन्त प्रसाद गणेश रहेको जिलला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

६ बजे झापाको कमल गाउँपालिका- ५ पाडाजुगी स्थितमा गौरादह तर्फ जादै गरेको मे११प  ६५४६ नं को मोटरसाइकल र बा ४४प ९७८५ नं को मोटरसाइकललाईलागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र दमक कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी जाँच गर्दा ब्राउन सुगर २८।९७ ग्राम.  बरामद गरिएको झापाले जनाएको छ । 

बरामद लागूऔषध र तिनैजनालाई    तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थापाले जानकारी दिए ।