धरान : सुनसरीको बराहक्षेत्र-८ शेरे चौकबाट  ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित दुइ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र-७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान-१७ का २२ बर्षीय विशाल भुजेल रहेका छन ।

मोटरसाईकलमा सवार गरी आईरहेको युवालाई नियन्त्रणमा लिई जाँच गर्दा उनिहरुको साथबाट DIAZALAB- ११, एम्पुल, AVIL- ११ एम्पुल र  LUPIGESIC-११ एम्पुल लागुऔषध बरामद गरि दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।