धरान  : मोरङको पथरी शनिश्चरे-१० स्थितमा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको हेमचन्द्र बास्तोलाले चलाएको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

सोमबार बिहान साढे ९ बजे पथरीबाट शनिश्चरे जाने भित्री सडकमा दक्षिणबाट उतर आउँदै गरेको बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले उतरबाट दक्षिण आउँदै गरेका साईकलयात्री खड्कालाई ठक्कर दिदा खड्का गम्भिर घाईते भएका थिए । टाउको पछाडि पट्टी चोट लागी रगत निकै बगेर गम्भिर घाईते भएका खड्काको उपचारकालागि बास्तोलाले नोवेल अस्पताल बिराटनगरमा गर्न तत्काल पुर्याएका थिए ।

घाईते उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको गिरीले बताए । मोटरसाईकल चालक पथरी शनिश्चरेकै उपप्रमुख यमुना (बिष्ठ) बास्तोलाका श्रिमान हेमचन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

घटना स्थलको मुचुल्का उठाइ शव पोस्म्याटम गर्ने कोशी अस्पताल लाने यारी भैरहेको हाल आफन्त सम्पर्कमा नआएको गिरीले बताए ।