धरान : २४ घण्टाको अवधिमा देशको विभिन्न जिल्लामा थप ५ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३५ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका हुन् ।

५ सय ३५ जना नयाँ सङ्क्रमित थपिएसङै देशभर सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय ६१ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म २ हजार १ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् ।