धरान : धरान १७ को एन्फा क्वारेनटाइनमा बस्ने २ जना महिलामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार धरानको क्वारेनटाइनमा रहेका २ जना महिला र कोसी क्वारेनटाइनमा बस्ने १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

एन्फा क्वारेनटाइनमा रहेका दुई जना महिला ज्येष्ठ २९ गते कुबेतबाट काठमाडौँ आइपुगेको र ३२ गते एन्फा क्वारेनटाइनमा आइपुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

सुनसरीमा ३ जना कोरोना पुष्टि भएका सबै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण भएको हो ।