धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सोमबार १३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सोमबार स्वास्थ्य प्रोटोकल अनुसार पुन पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आए पछि मोरङका १२ जना पुरुष, झापाका १ जना पुरुष गरी १३ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार अझै पनि प्रतिष्ठानको आइसोलेसनमा ६५ जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् । सोमबार डिस्चार्ज भएकाहरू सँग प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किनेको सङ्ख्या १ सय २८ पुगेको छ ।