धरान : २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लाहरूमा आज ५ सय ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका नयाँ कोरोना सङ्क्रमित सँगै देशभरिको कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० हजार ९९ पुगेको छ ।
मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा सो जानकारी दिएका हुन् ।

सङ्क्रमितमध्ये २ हजार २ सय २४ जना उपचारपछि घर फर्किएका छन् भने २४ जनाको कोरोनाको कारण ज्यान गएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।