धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज १८ महिने बालक सहित २७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
झापाका ४ जना, मोरङका १८ र सुनसरीका ५ जना गरी १८ महिने बालक र १ महिला सहित २७ जना कोरोना सङ्क्रमित कोरोना मुक्त भएर आज घर फर्किएका हुन् ।
स्वास्थ्य प्रोटोकल अनुसार पछिल्लो पटक गरिएको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पछि आज उनीहरूलाई अस्पतालले डिस्चार्ज गरी घर पठाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता डा. सापकोटाका अनुसार अहिले सम्म प्रतिष्ठानबाट १ सय ५५ जना कोरोना सङ्क्रमित पुर्णरुपमा निको भएर घर फर्किसकेका छन् । आज डिस्चार्ज भएपछि अझै प्रतिष्ठानमा ४४ जना कोरोना सङ्क्रमितहरू उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ ।

१८ मिहिना को बालक   देखि  ६० बर्ष  सम्मका व्यक्तिहरु        

 

क्र. स

जिल्ला

संख्या 

भर्ती मिति

डिस्चार्ज मिति

झापा

०७७-०२ -३१

 

०७७-०३-०९

मोरंग

१८ 

०७७-०२ -३२

०७७-०३-०१

०७७-०३-०२

०७७-०३-०९

सुनसरी

०७७-०२-२१

०७७-०२-३२ 

०७७-०३-०२

०७७-०३-०९

 

जम्मा

 

२७

 

पुरुष

महिला

 

 

२६

 

 

४३ जनाको स्वाब लिइयो
धरान १७ एन्फा क्वारेनटाइनमा बस्ने र होटल क्वारेनटाइनमा बस्ने ४३ जनाको आज थ्रोट स्वाब लिइएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्फा क्वारेनटाइनमा बस्ने ३५ जना, र धरानको ड्रिमल्याण्ड र होटल कञ्चनजङ्घाको होटल क्वारेनटाइनमा बस्ने ८ जना गरी २४ जना महिला र १९ जना पुरुष गरी जम्मा ४३ जनाको स्वाब लिइएको हो ।

एन्फा क्वारेनटाइनमा आज नै चतरामा रहेको होल्डीङ सेन्टरबाट ८ जना आई पुगेको जनाइएको छ । उनीहरूको पनि आजै स्वाब परीक्षणका लागि स्वाब लिइएको छ ।

PCR