धरान : सुनसरी टेक्निकल कलेज धरानले कोरोना परीक्षणकोलागी स्वाब सङ्कलन सहज होस भन्ने हेतुले भिटिएम सहयोग गरेको छ ।

कलेजले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मङ्गलवार भिटिएम सहयोग गरेको हो । कलेजका निर्देशक लेखी राज सुब्बा र युवा नेता सन्तोष विकले २ सय थान भिटिएम प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेका थिए ।

लकडाउन सुरु भए सँगै विभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको र पर्याप्त भिटिएम नहुँदा स्वास्व सङ्कलनमा समस्या हुने गरेकोले कलेजले सहयोग गरेको निर्देशक सुब्बाले बताए । यस अघि पनि युवा नेता विकको पहलका प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूको लागी एन के ९५ मास्क वितरण गरिएको थियो ।