धरान : नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४१ औं स्थापना दिवसको अवसरमा सङ्गठनको धरान उपमहानगर कमिटीले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

धरानको भानु चोकमा मङ्गलवार भएको रक्तदान कार्यक्रममा महिला १६ जना र पुरुष ९७ जना गरी १ सय १३ जनाले रक्तदान गरेका छन् । सङ्गठनका उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराईका अनुसार २०५२ सालदेखि सङ्गठनले रक्तदान गर्दै आएको हो । असारे झरीको बाबजुद पनि आज पच्चिस वर्ष मध्येकै सबैभन्दा धेरै रगत सङ्कलन भएको भट्टराईले बताए ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममामा यो वर्ष धेरै रगत सङ्कलन भएको बताइएको छ ।

सोही अवसरमा कामधेनु दुग्ध सहकारी संस्था तरहराले उपलब्ध गराएको २५ हजार बराबरको राहत ३० जना मजदुरहरूलाई वितरण गरेको छ ।