धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक अहिले पुनः सुचारु भएको छ ।

हिजो बेलुकी बसेको कार्यपालिका बैठकमा बजेट सिलिङमा विबाद भएपछि स्थगित भएको कार्यपालिका बैठक आहिले धरान उपमहानगरपालिकामा सुरु भएको छ ।

हिजोको बैठकमा नेपाली कांग्रेस पक्षका वडाध्यक्षले बजेटको सिलिङ च्यातेको र अपशव्द बोलेको भन्दै मेयर र वडाध्यक्षहरुले माफी माग्नुपर्ने नेकपा पक्षका वडाध्यक्षहरुले हिजो पत्रकार सम्मेलन गरेर माग गरेका थिए ।

भरै हुने नगरसभाको तयारीका लागि निति तथा बजेट पास गर्नुपर्ने भएकोले अहिले बैठक जारी रहेको आज भरै हुने नगरसभाको नीति तथा कार्यक्रम र बजेटको सिलिङबारे छलफल हुने कार्यपालिका बैठकमा आज भरै हुने नगरसभामा केन्द्रित रहेरे छलफल भइरहेको बताईएको छ ।

धरान उपमहानगरपालिकाको नगर सभा आज सुनसरी उद्योग बाणिज्य संघको सभा हलमा हुने भनिएकोमा स्थान परिवर्तन गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरियम हलमा दिउसो १ बजे पछि हुने बताईएको छ ।