धरान : उपमहानगरपालिकाको कार्यपालिका बैठकले १ अर्व ७२ करोडको बजेट सिलिङ पास गरेको छ ।

धरान उपमहानगरपालिकामा बिहान बसेको कार्यपालिका बैठकले सो बजेटको सिलिङ पास गरेको हो । हिजो बसेको कार्यपालिका बैठकमा सहमति नभए पछि आज बिहान पुनः बसेको कार्यपालिका बैठकले सर्वसम्मत धरान उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित गरेको १८ नम्बर वडाध्यक्ष प्रवीण राईले जानकारी दिएका छन् ।

हिजो बसेको कार्यपालिका बैठकमा बजेट सिलिङमा विवाद भएपछि आजको कार्यपालिका बैठक निष्कर्षमा पुग्ने हो की होइन भन्ने आशङ्का भइरहेको बेलामा बैठक पुर्णरुपमा सम्पन्न भएको र दिउसो १ बजे देखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरियम हलमा नगर सभा हुने ९ नम्बर वडाध्यक्ष रत्नबहादुर कटुवालले बताएका छन् ।