धरान : २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लाहरूमा आज ६ सय २८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । जसमा ११० महिला र पुरुष ५१९ रहेका छन ।

थपिएका नयाँ कोरोना सङ्क्रमित सँगै देशभरिको कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० हजार ७ सय २८ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेकाछन् ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा सो जानकारी दिएका हुन् ।