धरान : सुनसरीको कोसी गाउँपालिका ८ भाण्टाबारीका २३ वर्षीय मिथुन यादव प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका छन् ।

भाण्टाबारीमा हिँडिरहेका यादवलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पोल, डाईजेल्याव ३९ एम्पोल, लुपिजेसिक ४० एम्पोल, नाईट्रोशन १०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका यादव उपर थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।