धरान : २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लाहरूमा विहिबार ४ सय ३४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

जसमा ३४ महिला र पुरुष ३४६ रहेका छन ।थपिएका नयाँ कोरोना सङ्क्रमित सँगै देशभरिको कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ हजार १ सय ६२ पुगेको छ ।

विहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा सो जानकारी दिएका हुन् ।