धरान : ओखलढुंगाको लिखु गाँउपालिका -६ गाम्नाङटार मा बिरामी लिन गएको एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु भएको छ।

एम्बुलेन्स बाटोबाट करिब २ सय मिटर तल खस्दा दुर्घटनामा परेर लिखु गाउपालिका -४ बस्ने २२ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

लिखु गाउँपालिकाको प्रदेश नं ३–०१–००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिहान ८ बजे गाम्नाङटारमा बिरामी लिन जाने क्रममा अनियन्त्रित भई काक्तिके भिरबाट अन्दाजी २ सय मिटर तल एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मिलन बस्नेतले जानकारी दिए ।