धरान : सुनसरीमा बिहीबार ६ वर्षीय बालिका सँगै ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै सुनसरीमा सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार बिहीबार जम्मा ५ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार कोसी क्वारेनटाइनका ६ वर्षीय बालिका सहित ३ जना, दुहबीका १ जना र बराह नगरपालिकाका १ जना गरी ५ जना सङ्क्रमित पुष्टि भएका हुन् । जस मध्ये ६ वर्षीय बालिका भने होम क्वारेनटाइनमा रहेको बताइएको छ । सङ्क्रमित सबै जना क्वारेनटाइनमै रहेको बताइएको छ ।

सुनसरी जिल्लामा अहिले सम्म आरडिटी २ हजार २५ जना, पिसिआर ३ हजार १ सय ६ जनाको परीक्षण गरिएको छ । जस मध्ये अझै १ सय ४८ जनाको रिपोर्ट आउन बाकी रहेको छ । अहिले सम्म सुनसरीमा ५७ जना कोरोना सङ्क्रमित अस्पतालबाट निको भएर घर फर्किएका छन् ।