धरान : धरान १७ स्थित एन्फा क्वारेनटाइनमा रहेका ३५ जना र होटल क्वारेनटाइनमा रहेका ८ जना गरी ४३ जना आज डिस्चार्ज भएका छन् ।

धरान उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा क्वारेनटाइनमा रहेका ११ जना पुरुष, २४ जना महिला गरी ३५ जना र होटल क्वारेनटाइनमा रहेका ८ जना पुरुष गरी जम्मा ४३ जनाको पिसिआर परीक्षण गर्दा कोरोना नभएको कोरोना नेगेटिभ रिपोर्ट आएपछि आज डिस्चार्ज गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् ।

क्वारेनटाइनबाट आज डिस्चार्ज हुनेहरूमा कुवेतबाट आएका २० जना महिला, भारतबाट आउने २, साउदी अरबबाट १ जना, दुवाईबाट १ जना महिला र कुवेतबाट १, दुवाईबाट ५, भारतबाट ४ मलेसियाबाट १ जना पुरुष गरी जम्मा ३५ जना र होटल क्वारेनटाइनमा बस्नेहरू ५ जना माल्दिव्सबाट आएका र दुवाईबाट आएका ३ जना गरी जम्मा ८ जना गरी जम्मा ४३ जनालाई आज डिस्चार्ज गरिएको क्वारेनटाइनकी स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिएकी छिन् ।

आज डिस्चार्ज भएका ४३ जना पछि पनि अझै क्वारेनटाइनमा १३ जना बाँकी रहेका छन् भने आजै अरू पनि चतराको होल्डीङ सेन्टरबाट थपिँदै छन् ।

Qrentine-discharge-1 Qrentine-discharge-2 Qrentine-discharge-3