मोरङ : मोरङको बिराटनगर महानगरपालिका-१५ रानीबाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका-१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान गरी, जम्मा २,००,०००(दुई लाख) रुपैयाँ सहित पक्राउ गरेको हो ।

भारतिय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि पूर्व क्षेत्रीय राष्ट्रिय अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।