धरान : सुनसरीमा आज १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीको कोसी क्वारेनटाइनमा ८ जना र देवानगन्ज क्वारेनटाइनमा २ जना गरी १० जनामा ६ जना पुरुष र ४ जना महिला रहेका छन् ।

उनीहरू सबैको विराटनगर स्थित कोसी अस्पतालमा पिसिआर परीक्षण गरिएको हो । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८५ पुगेको छ ।