धरान : असार १२ गते शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा  शुक्रबार थपिएका ५ सय ९३ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको बताएका हुन ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।