धरान: धरानमा ९ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । धरान १५ का ३० बर्षीय नगेन्द्र बराइलीले धरान ९ कि नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

बराइलीले असार १ गते बिहान आफ्नी छोरीलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सोहि जाहेरीको आधारमा बराइलीलाई बिहिबार पक्राउ गरि बाल यौन दुर्व्यवहारको मुद्दा दायर गरेको छ ।

बराइलीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।