झापा :  झापाको शिवसताक्षी नगरपालिका-८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका नाबालक सम्यमको उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।