धरान : सुनसरीको दुहवीमा वर्जुका जनप्रतिनिधि र किसानहरुले सामूहिक धान रोपेर भब्य रुपमा धान दिवश मनाइएका छन । सुनसरीमा मात्रै झण्डै ५४ लाख हेक्टर जमिनमा धान उत्पादन हुदै आएको कृषि शाखाले जनाएको छ ।

धान दिवस मनाउने क्रममा सुनसरीकी नेतृ तथा पूर्व राज्य मन्त्री भगवती चौधरीले कृषीमै नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याएको भएपनि साना किसानसम्म पुग्न नसकेको बताइन ।

धान दिवसमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका पूर्व सांसद तथा राज्य मन्त्री चौधरीले नेपाललाई कृषीमा सम्बृद्ध बनाउन सरकारले पकेट क्षेत्र, ब्लक क्षेत्र, जोन र सुपर जोन क्षेत्रको निति अनुसार अगाडी बढेको भएपनि सबै किसानको पहुचमा नपुगेको बताए ।

नगरपालिका र गाउँपालिकाका केही वडालाई पकेट क्षेत्र, , ब्लक क्षेत्र, जोन र सुपर जोन क्षेत्रको घोषणा गरी कृषीमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयासमा लागेको भएपनि प्रयाप्त नभएको बताए । जिल्लाका कृषकबाट नेपाल सरकारले ठुलो आश गरेको भएपनि सरकारी लगानी कम भएको बताए ।

कार्यक्रममा कृषकहरुले सामूहकि धान रोपेपनि सरकारी अनुदान र कार्यक्रमहरुमा कर्मचारीतन्त्र हावी भएकाले सेवा पाउनबाट किसान बन्चीत भएको गुनासो सुनाएका थिए । किसानले गुनासो गरेपनि आधुनिक मेसिनको प्रयोगले धान रोप्ने, काट्ने तथा सुरक्षित राख्ने तरीकाले भित्रिएकोमा खुसी व्यक्त गरेका थिए ।

यहाँका किसानले असार १५ लाई समाजिक दुरी कायम गरी दही च्यूरा र आँप खाएर पर्वको रुपमा मनाएका छन् ।खेतीपाती बाहेक अरु पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही च्यूरा खाई असार १५ मनाएकाछन । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।