धरान : मोरङको धनपालथान गाउँपालिका-५ मा खेतमा ट्याक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा धनपालथान गाउँपालिका-६ का  स्थानीय लखना रायको खेतमा जोत्न गएका थिए । को २ त ६२१८ नम्बरको ट्याक्टर हलो जोत्ने क्रममा अचानक पल्टिएको थियो । ट्याक्टर पल्टिदाँ चेपिएका मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिइएको छ ।

घटनाको विषयमा इलाका प्रहरी कर्याालय रंगेलीबाट प्रहरी निरीक्षकको टोलिले अनुसन्धान गरिरहेको छ । लासजाँच मुचुल्का लगायतको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टका लागि रंगेलीरु अस्पताल पठाइएको छ । ट्याक्टर घट्नास्थल बाट ईप्रका रंगेलीमा ल्याउने कार्य भई रहको र ट्याक्टर चालक स्थानीय शम्भु अमात प्रहरीको सम्पर्कमा रहेको मोरङ प्रहरीले जानकारी दिइएको छ ।