धरान : वृद्धि भएको तलबमानप्रति असन्तुष्टि जनाउँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरूले उपकुलपतिको कार्यालयमा दिई रहेको धर्ना रोकेका छन् ।

मेडिकल एन्ड डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटिको नेतृत्वमा धर्ना बसिरहेका शिक्षक चिकित्सकहरूको मागलाई सम्बोधन हुने गरी निर्णय गर्ने भन्दै प्रतिष्ठानका उपकुलपतिले भनेपछि धर्ना रोकेको सोसाइटिका अध्यक्ष डा. विष्णु पोखरेलले बताए । सबैको समान तलबमान हुनुपर्ने हाम्रो माग हो, हाम्रो भावनालाई सम्बोधन हुन्छ भन्ने लागेर २४ घण्टा भित्र निर्णय दिन हाम्रो माग हो अध्यक्ष पोख्रेलले भने ।

२४ घण्टा भित्रमा मागको सुनुवाइ भएन भने आन्दोलनको स्वरूप परिवर्तन भएर आन्दोलन अघि बढने बताइएको छ । वार्तामा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा. गौरीशङ्कर साह, डा. पशुपति चौधरीको उपस्थिति रहेको थियो । उनीहरू सबैले हाम्रो मागलाई सकारत्मकरुपमा लिए भन्दै अध्यक्ष डा. पोखरेलले भने “ अव २४ घण्टा हेरौँ के हुन्छ अनि कसरी आन्दोलनलाई अघि बढाउने हो भन्ने निर्णय हुन्छ ।”