धरान सुनसरीमा आज थप दुई जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सँगै सुनसरीमा कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या ८८ पुगेको छ । आज थपिएका सङ्क्रमित इनरुवाका दुई जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूको पिसिआर परीक्षण कोसी अस्पताल विराटनगरमा गरिएको हो ।