धरान :  धरानमा आज एक जनाले आत्महत्या गरे भने अर्को एक जनाले आत्महत्या प्रयास गरेका छन् ।

धरान-१८ स्थित यति होटलमा इटहरी-५ शान्तिटोलका ३० वर्षिय जीबन खनालले धरानमा कोठा भाँडा लिएर बसेका थिए । आज खुल्ला कोठामा भेन्टिलेसन रडमा कोठाकै तन्नाले झुन्डिएको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थलको मुचुल्का गरी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको मर्चरीमा लगिएको बताइएको छ । यसैगरी धरान-८ मा १७ वर्षका युवाले आत्महत्या प्रयास गरेका छन ।

धरान- ८ मा स्थित आफ्नै घरमा १७ वर्षीय युवाले झुन्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनलाई उद्दार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकोमा त्यहा उपचार हुन नसकेपछि बिराटनगरमा रिफर गरिएको बताईएको छ ।