प्रकाशपुर : पकली कञ्चनपुर सडक निर्माण गर्ने क्रममा सुनसरीको बराहक्षेत्रको प्रकाशपुर, राजावासबाट सप्तकोसी नदिमा करिब तिन किलोमिटर लामो पुल निर्माणको वातावरण प्रभाव मूल्याङ्कन सुरु भएको छ ।

सडक बिभागले सूचना जारी गर्दै सप्तकोसीमा पुल बनाउने देखि अन्य निर्माणको विषयमा वातावरण सम्बन्धी राय मागेको छ ।

पूर्व पश्चिम राजमार्गको विकल्प तथा कोसी ब्यारेजको समयावधि समेत सकिएको सरकारले वैकल्पिक राजमार्ग बनाउने तयारी गरेको हो ।

सडक विभागले एडिबी को सहयोगमा पकली-भासी-राजावास देखि कञ्चनपुर सम्म ६ लेनको सडक बनाउने योजनाको साथ प्रभाव मूल्याङ्कन सुरु गरेको हो ।

सूचना अनुसार सप्तकोसी नदीमा करिब ३० मिटर चौडाइमा २८५७ मिटर लम्बाइको पुल बन्ने छ ।

saptakoshi pul project