धरान : इटहरी उपमहानगरपालिका वडानं.२० की एक जना महिलामा कोरोना पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ । इटहरी २० तरहरामा केही दिन अघि भारतको बेङ्गलोरबाट आएकी ३० वर्षीय महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । उनी भारतबाट आएको भए पनि होम क्वारेनटाइनमा बसेका थिए ।

उनको पिसिआर परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।