धरान : काठमाडौं स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान निधन भएको हो।

असार १७ गते बुधबार सांसद छन्त्यालको निधन  भएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभामा  शोक प्रस्ताव पारित  गरी  दैनिक कार्यसूचीहरु स्थगित गरिएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाले कपुरीलाई जानकारी दिए ।

२०१४ /५ /१८ गते बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर- १ बुर्तिवाङमा जन्मिएकी स्व .छन्त्याल वि .स .२०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसको प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन्। संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा सदस्य रहेकी छन्त्याल नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्देलनका एक अथक योद्धा थिएन ।

उनी संविधानसभा सदस्य पनि थिइन्। लामो समय आमा समूहमा रहेर काम गरेकी उनले अन्तरपार्टी महिला सञ्जालमा पनि काम गरिन्।