धरान : बुधबार नेपालमा ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा कोरोना नेपालमा बुधबार थप ४८२ जनामा कोरोना संक्रमण देखिएको हाल संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए ।

अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता  गौतमले जानकारी दिएका छन् ।