धरान  : धरान -१४ विजयपुर स्थित दुइधारे क्षेत्रमा बुधवार लाइन्स क्ल्व अफ धरान बुढासुव्वाले वृक्षरोपन कार्यक्रम गरेको छ। कार्यक्रमको उदघाटन वडा नं का १४ वडाअध्क्ष कृष्ण प्रसाद भट्टराइले विरूवा रोपेर गरेका थिए।

क्ल्वले १४ नं वडा समितिको कार्यालय सँग सहकार्य गरेर २०७७ सालको पहिलो कार्यक्रम दुइधारे क्षेत्रमा वृक्षरोपन गरेर  गरेको संस्थाकाअध्यक्ष मान भगत चामलिङले जानकारी दिए। 'हरियो बन नेपालको धन' भन्ने भनाइलाई आत्मासाथ गरी वातावरणमा  जलवायु परिवर्तनबाट हुने हानि नोक्सानि रोक्न असोक र सिरिसको बिरुवा रोपेको भगतले बताए ।

४० वटा सिरिसको विरूवा र ४० वटा असोकको विरूवा दुइधारे क्षेत्रमा रोपिएको छ। सिरिस फुल हेर्दा राम्रो हुने यसको सिन पनि फरक र आकर्षक देखिने हुनाले रोपिएको असोकको पनि छुट्टै महत्व रहेको हुनाले दुइ प्रकारको बिरुवा रोपेको स्रोतले जनाएको छ ।

वडाअध्क्ष भट्टराइर्ले स्थानिय सरकारले गर्नुपर्ने वृक्षारोपण संस्थाले सहयोग गरेकोमा क्ललवलाई धन्यवाद समेत दिएका थिए।मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ रहेको जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिने भट्टराइले बताए ।

दुइधारेमा पानिको मुहान समेत रहेकाले यस क्षेत्रका वृक्षहरुलाई तारघेराबार गरेर संरक्षण गर्नै भट्टराइले बताएकाछन ।