झापा : झापास्थित रतुवामाई वृक्षारोपण आयोजनाले निःशुल्क बिरुवा वितरण सुरु गरेको छ । राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तरगत आयोजनाले टिक, मसला, अनार र सिताफलका बिरुवा वितरण सुरु गरेको हो ।

वन तथा वातावरण मन्त्रालयको कार्यक्रम अन्तरगत स्थानीय कृषकलाई लक्षित गरेर ३ लाख भन्दा बढी बिरुवा वितरण गरिने रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख खेमलाल विकले बताए ।

उनका अनुसार बिरुवा लिन आउँदा निवेदनका साथमा नागरिकताको प्रमाणपत्र, धनिपुर्जा, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

एक हजार भन्दा बढी बिरुवा लाने कृषकलाई आयोजनाले ढुवानी गरिदिने समेत प्रमुख विकले बताए ।