धरान : सुनसरीको इनरुवा नगरपालिका ३ महेन्द्र चोकबाट लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इनरुवा १० का ३० वर्षीय मोहम्मद अलाउदिन र सोही स्थानका २५ वर्षीय अक्तर आलम रहेका छन् । बुधवार बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटर साइकलमा सवार गरी आएका दुवै जनालाई नियन्त्रणमा लिई चेक जाँच गर्दा उनीहरूको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन ११४ क्याप्सुल फेला पारी बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सुराकका आधारमा लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडी बढाइएको छ ।