इटहरी : लायन्स क्लब अफ इटहरी पचरुखीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । हरित नगरी इटहरी बनाउने अभियान अन्तर्गत इटहरी ५ मा रहेको बराह टोल विकासको पार्कमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

लायन्सको विधान अनुसार जुलाई १ मा कुनै नयाँ कार्यक्रम गर्नु भनेकोले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष विक्रम घिमिरेले बताए ।

यस अघि पनि विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएको क्लबले यस पटक वृक्षारोपण कार्यक्रम गरेको उनको भनाई छ ।

उनका अनुसार बेल, धुपी, अमला, स्वामी लगायतका २ सय बिरुवा रोपिएको हो । स्थानीयवासी र क्लबमा आबद्ध सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको उनको भनाई छ ।

लायन्स जोन चियरपर्सन रमेशबाबु थापाको प्रमुख अतिथ्यता तथा कार्यक्रम डिस्ट्रिक्ट चिफ नरनाथ सापकोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।