पथरी : मोरङको उर्लावारीमा कोरोना संक्रमतिको संख्या ७ पुगेको छ ।

बुधबार कुवेतबाट फर्केर आएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो भने
बिहीबार उर्लावारी स्वास्थ्य शाखाले थप ६ जना गरी कूल ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

संक्रमित हुनेहरुमा २ जना पुरुष र ५ जना महिला छन् । दुबईबाट आएका २ जना पुरुष र कुवेतबाट आएका ५ जना महिलामा कोरोना संक्रमण देखिएको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमितहरु सबै राधिका माविको क्वारेनटाइनमा बसेका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।
एक जना संक्रमितलाई उपचारका लागि कोभिड उपचार केन्द्र विराटनगरमा पठाइएको छ । बाँकी ६ जनालाई आवश्यक प्रक्रिया पुरा गरेर विराटनगर पठाउने तयारी भइरहेको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ ।