धरान : धरान-१६ स्थित होटल म्यानेजमेन्ट संकायमा सचालित युएन नवोदय कलेजले  नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको  सम्पूर्ण स्वमित्व ग्रहण गरेको जनाएको छ। 

कलेजले बिहिवार बिहान गरेको पत्रकार सम्मेलनमा धरान -१६ अवस्थित नवोदय माविको ग्रहण गरिएसँगै यस शैक्षिक सत्रबाट युएन कलेजको मातहत स्कुल सञ्चालन गर्नै कलेजका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले बताएका हुन ।

प्ले ग्रुप देखी कक्षा १० सम्म पठन पाठन भैरहेको नवोदय स्कुलको  स्कुल युनिफर्म  नयाँ व्यवस्थापन समितिले परिवर्तन गर्ने भएपछि सबै विद्यार्थिहरुलाई निःशुल्क युनिफर्म उपलब्ध गराउने समेत बताएका थिए । २०४५ सालमा स्थापना भएको नवोदय मावि यसअघि गजेन्द्र आचार्यको स्वामित्वमा रहेको थियो । अब भने सो स्कुलको स्वामित्व कलेजमा आएको छ ।

सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झाले स्कुल र कलेजले शिक्षा क्षेत्रलाई समयानुकुल सुधार गर्दै प्रयोगात्मक तथा ब्याबहारीक शिक्षालाई प्राथमिकता दिने बताए । घोकन्ते शिक्षा भन्दा सिकाईमा आधारीत शिक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता रहेको घोकन्ते शिक्षाले परिक्षा पास गर्न त मद्दत गर्ला तर सिकाई भने सिमित मात्रामा हुने झाले बताए