धरान : तेह्रथुमको फेदाप पोक्लाबङमा रहेको लिम्बुहरूको समाधि स्थल भत्काइएको विरुद्ध फेदाप गाउँपालिकाको स्थानीय न्यायिक समितिमा सघर्स समितिले तालाबन्दी गरेको छ ।

सघर्स समितिले दिएको निवेदन उपर कुनै कार्य सम्पादन समेत नगरी बेवास्ता गरेकोले न्यायिक समितिको कुनै अर्थ नरहेको ठहर गर्दै चरणबद्ध कार्यक्रमको घोषणा गरिरहेको सङ्घर्ष समितिले तालाबन्दी गरेको सङ्घर्ष समितिका सदस्य सन्तोष कुरुम्बाङले बताए ।

पोक्लबाङ मा समाधि स्थल खनिएको विषयमा सङ्घर्ष समितिले आन्दोलन घोषणा गर्दै पहिलो चरणमा स्थानीय न्यायिक समितिमा तालाबन्दी गरेको हो ।

समाधि स्थल खनिएको विषय लाई लिएर स्थानीय सरकार प्रमुख लाई ज्ञापन पत्र बुझाउन खोजिए पनि ज्ञापन पत्र नलिए पछि स्थानीय न्यायिक समितिमा निवेदन दिइएको थियो । न्यायिक समितिले पनि कुनै कारबाही अघि नबढाईएकोले आज तालाबन्दी गरिएको सङ्घर्ष समितिले बताएको छ ।

सङ्घर्ष का आन्दोलन अनुसार यही असार २१ गते अध्यक्ष को र २४ गते सम्पूर्ण गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिने समेत घोषणा गरिएको छ ।