इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकामा नसर्ने रोगहरू बढिरहेका कारण सजग रहन आग्रह गरिएको छ ।

इटहरी उपमहानगर स्वास्थ्य शाखाले आयोजना गरेको नसर्ने रोगहरू सम्बन्धी अभिमुखीकरण कार्यक्रममा चिकित्सकले यस्तो आग्रह गरेका हुन । कार्यक्रममा डा. अग्रज उप्रेतीले रोगको लक्षण देखिने बित्तिकै परीक्षण गरिहाले त्यसले जन्माउने अन्य जटिलता वाट बच्न सकिने बताए । कार्यक्रममा डा उप्रेतीले नसर्ने रोगहरू मुटु र नसा सम्बन्धी रोग,क्यान्सर,मधुमेह,फोक्सोसम्बन्धी,पक्षाघात लगायत वाट बच्न स्वास्थ्य जीवन शैली अपनाउन सल्लाह दिए ।

स्वास्थ्य र प्राकृतिक खानपान र नियमित शारीरिक व्यायाम गर्न उनको सुझाव छ । धूम्रपान मद्यपान त्याग्न उनले आग्रह गरे । कार्यक्रममा इटहरी अस्पताल इमर्जेन्सी विभाग इन्चार्ज रामकुमार धमलाले इटहरीमा पनि नसर्ने रोगका बिरामी वढदै गएको जानकारी दिए ।